default_image

1 year ago

August 25, 2024

नोनीको ह्याट्रिकमा चेल्सीको जित

908 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विंगर नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग(इपिएल) मा सानदार जित दर्ता गरेको छ ।

जारी सिजनको दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीले वुल्भ्समाथि ६-२ को सानदार जित हात पारेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि नोनीले क्याट्रिक पूरा गर्दा कोल पाल्मर, निकोलस ज्याक्सन र जोआओ फेलिक्स समान १ गोल गरे ।

दोस्रो मिनेटमै ज्याक्सनले चेल्सीको खाता खोलेका थिए । वुल्भ्सका लागि २७औं मिनेटमा म्याथ्युअस कुन्हाले गोल गर्दै खेलमा बराबरी गरेका थिए । पहिलो हाफको निर्धारित समय सकिन केही सेन्केड बाँकी रहँदा पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा जोर्गेन स्ट्रान्ड लार्सनले गोल गर्दै वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए । नोनीले ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा फेलिक्सले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए ।

जितसँगै २ खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको वुल्भ्स अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.