1 year ago
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विंगर नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग(इपिएल) मा सानदार जित दर्ता गरेको छ ।
जारी सिजनको दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीले वुल्भ्समाथि ६-२ को सानदार जित हात पारेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।
वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि नोनीले क्याट्रिक पूरा गर्दा कोल पाल्मर, निकोलस ज्याक्सन र जोआओ फेलिक्स समान १ गोल गरे ।
दोस्रो मिनेटमै ज्याक्सनले चेल्सीको खाता खोलेका थिए । वुल्भ्सका लागि २७औं मिनेटमा म्याथ्युअस कुन्हाले गोल गर्दै खेलमा बराबरी गरेका थिए । पहिलो हाफको निर्धारित समय सकिन केही सेन्केड बाँकी रहँदा पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा जोर्गेन स्ट्रान्ड लार्सनले गोल गर्दै वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए । नोनीले ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा फेलिक्सले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए ।
जितसँगै २ खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको वुल्भ्स अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]