default_image

1 year ago

August 29, 2024

एन्फा महासचिवको तलब २ हजार डलर बहुमतबाट पास

636 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमितिको दुई दिने बैठक बिहीवार राति सकिएको छ।

महासचिव किरण राईको मासिक तलब दोब्बर भन्दा बढी २ हजार अमेरिकी डलर पुर्याउने सहित, अन्तर्राष्ट्रिय फुटबल रंगशालाका लागि जग्गा माग, बी डिभिजन लिग, महिला लिग ग्रासरुट कार्यक्रम गर्ने लगायत १३ बुँदे निर्णय भएको‌ छ। यस अघि महासचिव राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ थियो।

पहिलो दिन अध्यक्ष पंकज विक्रम नेम्वाङको‌ प्रस्तावमा महासचिव राईको तलब मासिक २ हजार अमेरिकी डलर पुर्याउने बहुमतबाट निर्णय भएको थियो। केन्द्रिय समितिका २१ मध्ये ९ जना महासचिवको तलब अहिले बढाउन नहुने पक्षमा रहेको बताइएको छ।

एन्फा बैठकले साफ महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्ने, विभिन्न जिल्लामा मैदान निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । राष्ट्रिय फुटबल टोली महिला र पुरुष टोलीका खेलाडीको मासिक तलब १८ बाट ३० हजार रुपैयाँ पुराउने निर्णय भएको छ ।

लामो समयदेखि स्थगित खेलाडी, रेफ्री पुरस्कार, लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि यो वर्ष दिने निर्णय भएको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.