1 year ago
September 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ ।
आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १४-१ को फराकिलो अन्तरले हरायो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला विक र सन्जु कुमालले समान १ गोल गरे । अर्को गोल आत्मघाती भएको थियो । सुदुरपश्चिमले पनि १ गोल आत्मघाती रुपमा प्राप्त गर्यो ।
दिपाले २४औं, ३०औं र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । दिपाले नै ५३औं र ६१औं मिनेटमा अर्को गोल थपुन् । ८१औं र इन्ज्युरी समयमा अनिताले गोल गरिन् ।
छैठौं मिनेटमा विमला चौधरी, १५औं मिनेटमा हेमा, २५औं मिनेटमा चन्द्रा, ४५औं मिनेटमा सन्जु, ६३औं मिनेटमा विमला विक र ८७औं मिनेटमा सावित्रीले गोल गरिन् ।
सुदुरपश्चिमकी शान्ती विकले २१ औं मिनेटमा आत्मघाती गोल गरिन् । आर्मीकी निलम श्रेष्ठले ६७औं मिनेटमा आत्मघाती गोल गरिन् ।
३ खेलमा ६ अंकका साथ आर्मी तेस्रो स्थानमा उक्लिएको छ । सुदूर समान खेलमा अंक बिहीन रहेको छ । ९ अंकसहित कोशी प्रदेश अंक तालिकाको शीर्ष र ७ अंकसहित पुलिस दोस्रो र एपिएफ फुटबल क्लब तेस्रो स्थानमा छ।
यो खेलसँगै एन्फा महिला लिगको तेस्रो राउन्डको खेलहरु पनि सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
–आर्मीले १४-१ ले जितेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। -सम्पादक
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]