1 year ago
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार स्वरुप पाएको थियो ।
आर्मीका लागि २६औ मिनेटमा विमलाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । आर्मीकी अमिशाले खेलको ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । बागमतीकी सन्जु थिगंले आत्मघाती गोल गर्दा आर्मीका लागि जित सहज बन्यो ।
आर्मी ४ खेलबाट ९ जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बागमती समान खेलबाट ३ अंकका साथ सातौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
एपिएफ २ जित र १ बराबरीका साथ तेस्रो स्थानमा छ । वालिङलाई पराजित गरि एपिएफ शीर्ष स्थानमा उक्लिन चाहन्छ । वालिङ ३ खेलमा २ जित र १ बराबरीका साथ अंक तालिकाको पाँचौ स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]