default_image

1 year ago

September 14, 2024

कोशी र संकटा बराबरीमा रोकिए

752 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शनिवार कोशी प्रदेश र संकटा क्लब गोल रहित बराबरीमा रोकिएका छन् ।

दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटा र कोशीले दुवै टोलीले केही राम्रो प्रयास गरे पनि गोल भगर्न सकेनन् ।

बराबरीपछि ५ खेलमा १० अंक जोड्दै कोशी तेस्रो स्थानमा उक्लिएको छ । संकटा भने समान ५ खेलमा ५ अंकका साथ सातौं स्थानमा कायमै छ ।

पुलिस र आर्मीले बराबरी खेले

त्यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लब ले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसॅंग १-१ को बराबरी खेलेको थियो । पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले गोल गरिन् ।

अमृताले ४८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ६३ औं मिनेटमा आर्मीकी अमिशाले बराबरी गोल फर्काइन् । पुलिसले‌ जारी लिगमा सामना गरेको त्यो पहिलो गोल थियो।

पुलिस, आर्मी र अर्को विभागिय टोली एपिएफ फुटबल
पुलिस सँग गोलरहित बराबरी खेलेको एपिएफले आर्मीलाई हराएको थियो। ३ टोलीले एकअर्काको सामना गर्दा समान २ खेलमा एपिएफले ४, पुलिसले २ र आर्मीले १ अंक जोड्यो।

बराबरी पछि पनि पुलिसले लिगमा अग्रता कायमै राखेको छ । पुलिसको ५ खेलबाट ११ अंक भएको छ । बराबरी पछि आर्मीले ५ खेलमा १० अंक बनाएको जोडेको‌ छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.