default_image

1 year ago

September 15, 2024

एपिएफको‌ सामना गर्दै कर्णाली

555 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् ।

आइतवारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

एपिएफ ४ खेलमा ३ मा जित र १ बराबरीका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

चन्द्रपुर ४ खेलमा ३ अंकका साथ छैटौं स्थानमा रहॅंदा बागमती समान खेलमा ३ अंकका साथ आठौं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.