1 year ago
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् ।
आइतवारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।
एपिएफ ४ खेलमा ३ मा जित र १ बराबरीका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
चन्द्रपुर ४ खेलमा ३ अंकका साथ छैटौं स्थानमा रहॅंदा बागमती समान खेलमा ३ अंकका साथ आठौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]