1 year ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे ।
कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । गरिमाले ६२औं मिनेटमा अग्रता दोब्बर बनाइन् । त्यसको १ मिनेट पछि वर्षाले गोल गर्दै कर्णालीलाई जित दिलाइन् ।
कर्णाली लिगमा पहिलो जित निकाल्दै ६ खेलबाट ४ अंक जोडेको छ । सुदूरले भने समान खेल खेल्दै अंकको खाता खोल्न सकेको छैन ।
आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरीमा रोकेको थियो । लगातार दोस्रो बराबरीसँगै पुलिस ६ खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।
पुलिसले चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको आर्मी समान खेल खेलेर १३ अंकमा रहेको छ । चन्द्रपुर ६ खेलमा ७ अंकका साथ छैटौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]