1 year ago
September 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सानदार कमब्याकमा घरेलु टोली भुटानलाई २-१ ले माथ दिंदै नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।
थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भुटान विरूद्ध मैदानमा उत्रदा सेमिफाइनल प्रवेशका लागि नेपाललाई जितको विकल्प थिएन। यसअघि पाकिस्तानले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुगिसकेको थियो। भुटानलाई भने सेमिफाइनल प्रवेशका लागि बराबरी नै प्रयाप्त थियो।
जहाँ नेपाल विरूद्ध घरेलु टोली भुटानले ४३औं मिनेटमा अग्रता बनायो। योनतेन थारचेनले गोल गरे। पहिलो हाफमा नेपाल १-० ले पछि पर्यो। दोस्रो हाफमा नेपाल दबाबमा थियो। किनकी सेमिफाइनल प्रवेशका लागि जित बाहेकको विकल्प थिएन। १-० ले पछि परेको नेपालले ५६औं मिनेटमा बराबरी गोल फर्कायो। कृष्ण बहादुर आलेको गोलमा खेल १-१ बराबरीमा पुग्यो।
नेपालले खेलमा फर्कने संकेत दियो। बराबरीमा पनि दबाबमा नेपाल थियो। तर खेल सकिन पाँच मिनेट बाँकी छँदा घरेलु टिम र घरेलु दर्शकलाई स्तब्ध बनाउँदै सुजन डंगोलले गोल गरे। यही गोल निर्णायक बनाउँदै नेपालले २-१ को जितमा सेमिफाइनलको यात्रा तय गर्यो।

यो नेपालको दोस्रो जित हो। समुह चरणको ३ खेलमा २ जित र १ हार सहित नेपालले ६ अंक बनायो। नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो। १ बराबरी र २ जितमा ७ अंक बनाएको पाकिस्तान समुह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल रहयो।
भुटानले १ जित १ बराबरी र १ हारमा ४ अंक जोड्दा तेस्रो स्थानमा रहँदै समुह चरणबाट बाहिरियो। समुहको सबैभन्दा कमजोर श्रीलंका ३ खेलमा हार बेहोर्दै अंक बिहिन बन्यो।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले हार्दा दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराउन सफल भएको थियो। अब नेपालले सेमिफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएको छ। भारत समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]