1 year ago
September 26, 2024
एजेन्सी – आर्सनलले इङ्ग्लिस लिग कपमा फराकिलो जित हासिल गरेको छ । लिग कपमा बुधवार आर्सनलले बोल्टनमाथि ५–१ को जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा इथन नवानेरीले २ तथा डेक्लान राइस, रहिम स्टर्लिंग र काई हाभर्ट्जले समान १ गोल गरे । बोल्टनका लागि आरोन कोलिन्सले १ गोल गरे ।
खेलको १६औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । नवानेरीले ३७औं र ४९औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता ३-० मा पुर्याए । ५३औं मिनेटमा कोलिन्सले बोल्टनका लागि गोल गर्दै खेल ३-१ मा ल्याए ।
तर, ६४औं मिनेटमा स्टर्लिंगले आर्सनलका लागि गोल थपे । काई हाभर्ट्जले ७७औं मिनेटमा गोल गरेसँगै आर्सनल ५-१ ले विजयी बन्यो ।
अर्को खेलमा लिभरपुले वेस्ट हमलाई ५-१ ले पराजित गरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]