default_image

1 year ago

September 29, 2024

लिभरपुलको पाँचौं जित

356 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो ।

वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले गोल गरेका थिए ।

लिभरपुलले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता लिएको थियो । इब्राहिमले लिभरपुलका लागि गोल गरेका थिए ।

घरेलु टोलीका लागि ५६औं मिनेटमा रायनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ६१औं मिनेटमा सलाहले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए।

६ खेलबाट १५ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । साविकको विजेता म्यानचेस्टर सिटीलाई दोस्रो स्थानमा छ। सिटीको ६ खेलबाट १४ अंक रहेको छ । पराजित वल्भ्स ६ खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

शनिवार भएका अन्य खेलमा चेल्सी, आर्सनल, एभर्टन, फुलहमले जित हासिल गरेका थिए । सिटी र न्युकासल तथा बेर्नफर्ड र वेस्ट हमले बराबरी खेलेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.