default_image

1 year ago

October 3, 2024

मियामीलाई सपोटर्स शिल्ड

1318 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले सपोटर्स शिल्डको उपाधि जितेको छ

एमएलएस अन्तर्गत बुधवार भएको खेलमा कोलम्बसलाई ३-२ गोलअन्तरले पराजित गरेसँगै मियामीले सपोटर्स शिल्डको उपाधि जितेको हो।

एमएलएसमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई सपोटर्स शिल्डको उपाधि दिइने गरिन्छ । यो सिजन राम्रो प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेको मियामीको यो पहिलो सपोटर्स सिल्ड उपाधि समेत हो ।

खेलको ४५औं मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मेस्सीले गोल गदैं अग्रता दोब्बरको बनाए ।

कोलम्बसका लागि ४६औ मिनेटमा डिएगो रोसीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको दुई मिनेटपछि नै लुइस सुआरेजले गोल गर्दै मियामीको अग्रता ३–१ मा पुर्याए ।

६१औं मिनेटमा जुआन हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै कोलम्बसलाई ३–२ को स्थितिमा ल्याए । ६३ औं मिनेटमा रुडी कामाचो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बस १० खेलाडीमा सिमित भयो । त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा खेल मियामीले जित्यो ।

३२ खेलमा ६८ अंक जोडेको मियामी एमएलएसको लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको कोलम्बसको ३१ खेलबाट ५७ अंक रहेका छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.