1 year ago
October 16, 2024
एजेन्सी – कप्तान लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित हासिल गरेको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गर्यो ।
घरेलुु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान मेस्सीका साथै थियागो अल्मडा, जुलियन अल्भारेज र लौटरो मार्टिनेजले समान १ गोल गरे । मेस्सीले दुई गोलमा असिस्ट समेत गरेका थिए ।
खेलको १९औं मिनेटमा कप्तान मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । मार्टिनेजले ४३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई ३-० मा पुर्याए ।
खेलको ६९औं मिनेटमा गोल गर्दै अल्मडाले खेललाई ४० मा पुर्याए । मेस्सीले ८४औं र ८६औं मिनेटमा गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे र अर्जेन्टिनालाई सहज जित दिलाए ।
अर्जेन्टिना १० खेलमा २२ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा पराजित बोलिभिया समान खेलबाट ११ अंकका साथ ७ औं स्थानमा छ ।
आजै भएको अन्य खेलमा कोलम्बियाले चिलीलाई ४-० ले हराउँदा पराग्वेले भेनेजुयलामाथि २-१ को जित हात पार्यो । इक्वेडर र उरुग्वेले गोल रहित बराबरी खेले ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]