1 year ago
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश ३-१ ले अघि छ । साविक विजेता टोलीका लागि तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गरे । पहिलो हाफको अन्त्यतिर बाला देवीले भारतका लागि गोल फर्काइन् ।
भारतले खेलमा अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बंगलादेशले फाइदा उठायो । बंगलादेशले त्यसपछि दुवै गोल भारतीय गोलरक्षकको कमजोरीमा गर्यो । तोहुराले अन्त्यतिर सुन्दर गोल गर्दै खेलमा ३-० ले अग्रता दिलाएपनि त्यसै गोलमा चलेको किकअफबाट भारतले गोल फर्कायो ।
बङ्गलादेशले १८औं मिनेटमा अग्रता बनायो । कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षक पान्थोइ चानुको फितलो पन्च अफिदा खान्दाकर नजिकै ड्रप भयो । सो बललाई अफिदाले सुन्दर ढङ्गले गोलकिपरको माथिबाट गोल पोष्टको दिशा दिइन् ।
२७ औं मिनेटमा ऋतु पूर्णा चक्माले पेनाल्टी क्षेत्रको बायाँ तर्फबाट गरेको क्रस पोस्टमा लागेर फर्कंदा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२९ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । बायाँ विंगबाट ऋतुको क्रसमा गोलरक्षक पान्थोइ चानुले बल रोक्न नसक्दा तोहुराले गोल गरिन् । फार पोस्टमा रन्जना चानुले मार्क गरेको भएपनि तोहुराले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिएकी थिइन् ।
३५ औं मिनेटमा भारतले खेलमा फर्कन सुवर्ण अवसर खेर फाल्यो । बायाँ विंगबाट रन्जना चानुले दिएको लो क्रस पेनाल्टी क्षेत्रभित्र बाला देवीले पाएकी थिइन् । कुनै डिफेन्डर वरपर नरहेको अवस्थामा ६ यार्ड बक्स नजिकबाट उनले गरेको प्रहार गोलरक्षक रुपना चक्माले विफल पारिन् ।
३८ औं मिनेटमा भारतको पुनरागमनमा पोस्ट बाधक बन्यो । मनिषाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको फ्रिकिकमा गोलरक्षक बिट भएपनि पोस्टमा लागेर फर्कियो ।
४३ औं मिनेटमा बंगलादेशले तोहुराको उत्कृष्ट गोलमा ३-० को अग्रता लियो । साम्सुनाहरले पेनाल्टी क्षेत्र नजिकबाट दिएको पासलाई तोहुराले हाफ भलीमा सट लिँदै सुन्दर गोल गरिन् ।
त्यसको एक मिनेट नबित्दै भारतले गोल फर्कायो । डालीमा छिब्बरले दायाँ विंगबाट दिएको क्रस रुपना चक्माको हातबाट फुस्किएपछि बाला देवीले बललाई भुइंमा खस्न नदिई पोस्टतर्फ पठाइन् ।
आजको खेलमा बंगलादेशले जित हासिल गरे समूह विजेता बन्नेछ । बराबरीले भने भारत समूह विजेता बन्न पर्याप्त हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]