1 year ago
November 6, 2024
एजेन्सी – साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ ।
रियल मंगलवार इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो । चौथो खेलमा मिलानको भने यो दोस्रो जित हो ।
रियलको घरेलु मैदानमा मिलानलाई जित दिलाउन मलिक थियाको, अल्भारो मोराटा र तिजानी रेइन्डर्सले गोल गरे । रियलका भिनिसियस जुनियरले सान्त्वना गोल फर्काए ।
खेलको १२औं मिनेटमै मलिकको गोलमार्फत मिलानले अग्रता लिएको थियो । २३औं मिनेटमा जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई बराबरीमा ल्याए ।
३९औं मिनेटमा मोराटाले गोल गरेसँगै मिलानले खेलमा पुनः अग्रता लियो । ७३औं मिनेटमा रेइन्डर्सले गोल गरे । चौथो खेलमा रियलको यो दोस्रो हो ।
जितसँगै १८औं स्थानमा उक्लिएको मिलानको ४ खेलमा ६ अंक छ । समान खेलमा रियल ६ अंकसहित १७औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]