default_image

1 year ago

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

641 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो ।

जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले गोल गरे।

३८ औं मिनेटमा निसप्रकाशको गोलमा सातदोबाटोले सुरुवाती अग्रता लियो । धर्वेन्द्रले ५०औं मिनेटमा गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए । पहिलो गोल भएको पाँच मिनेटपछि नै प्रशान्तले गोल गर्दै जावलाखेललाई २-१ को अवस्थामा पुर्याए ।

६९औं मिनेटमा धर्वेन्द्रले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ८४औं मिनेटमा धर्वेन्द्रले ह्याट्रिक पूरा गर्दै जावलाखेललाई ४-१ को सहज जित दिलाए । जितसँगै १० खेलमा १४ अंक जोडेको जावलाखेल छैटौं स्थानमा उक्लिएको छ । सातदोबाटो समान खेलबाट ४ अंकका साथ ११औं स्थानमा छ ।

दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबविरुद्ध सहज जित दर्ता गरेको थियो ।

एनआरटीले पुलिसलाई ४-२ ले हरायो । एनआरटीलाई जित दिलाउन इशान शाहले २ गोल गर्दा सन्तोष गोङ्बा र विज्ञान खड्काले समान १ गोल गरे । पुलिसका लागि दुवै गोल साजन राज गौतमले गरे ।

सन्तोषले खेलको छैटौं मिनेटमै गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा साजनले पुलिसका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । १८औं मिनेटमा साजनले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले अग्रता लियो ।

इशान र विज्ञानको गोलमा एनआरटीले पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो । ५२औं मिनेटमा इशानले दोस्रो गोल गर्दै एनआरटीलाई ४-२ मा पुर्याए ।

जितसँगै १० खेलमा एनआरटीले १९ अंक जोडेको छ । शीर्ष स्थानमा यथावत पुलिसको समान खेलबाट २३ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.