1 year ago
December 9, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार चेल्सी विजयी भएको छ ।
अर्को खेलमा बर्नमथले इप्स्विच टाउनलाई २-१-ले हरायो । आर्सनलले फुलहमसँग १-१ को बराबरी खेलेको छ। लेस्टर सिटी र ब्राइटनबीचको खेल २-२ को बराबरीमा टुंगिएको छ।
कोल पाल्मरले पेनाल्टीमा २ गोल गरेपछि चेल्सीले टोटनहम ४-३ गोलले हराएको हो । खेलमा २-० को अग्रता जोगाउन टोटनहम असफल रह्यो।
पाचौं मिनेटमा डोमिनिक सोलाङ्कले गोल गरे । डेजान कुलुसेभस्कीले गोल गरेपछि टोटनहमले ११ मिनेट भित्र २-० को अग्रता बनायो । तर त्यो अग्रतालाई जाडोन सान्चोले घटाए । उनले १७औं मिनेटमा चेल्सीका लागि गरे।
पाल्मरले ६१औं मिनेटमा प्राप्त पेनाल्टीमा गोलमा परिणत गरेपछि खेलमा २-२ को बराबरी भयो।
एन्जो फर्नान्डेजले ७३औं मिनेटमा गोल गर्दै चेल्सीले पहिलो पटक अग्रता बनायो ।
पाल्मरले ८४ औं मिनेटमा पोनाल्टीबाट अर्को गोल गरेपछि चेल्सी थप मजबुत बन्यो । इन्ज्युरी समयको छैटौं मिनेटमा सन ह्युङ-मिनले गोल फर्काए पनि टोटनहमका लिगमा सातौं हार टरेन ।
यो जितपछि चेल्सी १५ खेलमा ३१ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको आर्सनलको २९ अंक छ।
समान खेलमा २३ अंकका साथ फुलहम १० औं र टोटनहम २० अंकसहित ११औं स्थानमा छ । १ खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ३५ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]