12 months ago
December 16, 2024
एजेन्सी – खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २-१ पराजित गरेको हो।
जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च प्रर्दशनमा युनाइटेड जित निकाल्यो । उनले अन्तिम मिनेटमा गोल गरेका हुन् ।
खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी २७ अंकका साथ पाँचौं स्थानमा छ। २२ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।
आइतवारका अन्य खेलमा दोस्रो स्थानको चेल्सीले बेन्फोडलाई २-१ ले र टोटनहमले साउथहेम्टनलाई ५-० ले हराएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]