12 months ago
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।
फुटबलर्स मिसन टुगेदरका वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि. राणा र ब्लुक्रस कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ५ वर्षको रहेको बताइएको छ।
मिसन टुगेदरमा आवद्ध पूर्व फुटबल खेलाडी , प्रशिक्षक, रेफ्री, अफिसियल तथा उनीहरु परिवारले स्वास्थ्य परिक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार (स्वास्थ्य उपचार) गराउदा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
मिसन टुगेदरले गर्ने प्रतियोगितामा निशुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ। मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ ।

टुगेदरका वरिष्ठ उपाध्यक्ष राणाले हाम्रो प्रस्तावलाई स्वीकार गरि खेलाडीलाई सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापन प्रति धन्यवाद दिए । अस्पतालका व्यवस्थापन समितिका सदस्य श्रेष्ठले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सो अवसरमा मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्व अन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति थियो ।
अस्पतालको तर्फबाट व्यवस्थापन समितिका प्रशासन र वित्त विभागका निर्देशक सति गौतम सिंह लगायत अस्पताल व्यवस्थापनको उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]