12 months ago
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए ।
३२ टोली सहभागी हुने आयोजकको अपेक्षा छ ।
सहभागिताका लागि १० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको र काठमाडौं बाहिरका टोलीले भने निःशुल्क भाग लिन पाउनेछ।
एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ ।
विजेता टोलीले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार रुपैयाँ बाट पुरस्कृत गरिने छ ।
पुस २९ गतेसमम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । आयोजक वडाले ५ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिइयो । गत संस्करणको उपाधि कुपण्डोलले जितेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]