12 months ago
December 26, 2024
दिपक बोहोरा,पाँचथर
न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो ।
योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमस सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
टाइब्रेकरमा एनआरटीका अन्जन बिष्ट,क्रितिश छुर्जु, अभिशेक लिम्बु,कार्लोस,सरोज तामाङले गोल गरे।
सलेहशका कुलदिप कार्की,बिबेक राई,दोर्जे तामाङ र फागुराम थारुले गोल गरे । विदेशी खेलाडी हेनरी पेनाल्टी एनआरटीका गोलकिपर प्रमिजय गच्छेदारले रोके।
एनआरटीका अभिषेक लिम्बु प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । एनआरटीले शनिवार फाइनल प्रवेशका लागि अर्को ए डिभिजन टोली मच्छिन्द्रको सामना गर्नेछ ।
शुक्रवार हुने पहिलो सेमिफाइनल आयोजक फिदिम र चर्च ब्वाइजबिच हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]