12 months ago
December 28, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई हराउदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ ।
शनिवार विहान घरेलु मैदानमा आर्सनलले १-० को जित हासिल गरेको हो । घरेलु टोली आर्सनलका लागि खेलको २३औं मिनेटमा काई हाभर्ट्जले गरेको गोल नै निर्णायक हुनपुग्यो ।
जितसँगै आर्सनल १८ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंकका साथ शीर्ष स्थानमा छ । १८ खेलमा १२ अंक जोडेको इप्स्वीच रेलिगेसन जोनमा कायमै छ ।

शनिवारै भएको अर्को खेलमा ब्राइटन र ब्रेन्टफर्ड गोलरहित बराबरीमा रोकिएका छन् । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा पाएको अवसर सदुपयोग गर्न नसक्दा दुवै टोली अंक बाड्न पुगे ।
समान १८ खेल खेलेका दुवै टोली १०औं र ११औं स्थानमा छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]