default_image

9 years ago

February 20, 2017

तिलोत्तमा गोल्डकपलाई अग्नी सिमेन्टको साथ

94 views

0 Bookmark

दिपक न्यौपाने (बुटवल)- फागुन १२ गतेबाट बुटवलमा शुरु हुन लागेको १९ औ संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतीयोगीता २०७३ को तयारी पुरा भएको छ ।

tiotamma

एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका बिभिन्न क्लब,बिभागीय टोेली सगै भारतका २ टोलीको सहभागीता हुने जिल्ला फुटबल सघं रुपन्देहिका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले जानकारी दिनुभयो । प्रतियोगितामा अग्नि रुपन्देही ११, एपिएफ काठमाण्डौ, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सि.एम.जी. संकटा, धरान फुटबल क्लब धरान, हिमालयन शेर्पा, रमपम झापा ११, दिल्लि युनाइटेड र शरै एफ.सी क्यालिङ्गपोङ्ग भारतका बिचमा प्रतिस्पर्धा हुने छ ।

देशकै प्रतिष्ठित गोल्डकपका रुपमा लिइएको गोल्डकप बिसं २०३३ सालबाट शुरु भएको थियो भने बिभिन्न समयमा आर्थिक अभाब र देशको परिस्थिति अनुसार नियमित हुन सकिरहेको थिएन । गत बर्षबाट नियमित बनेको प्रतियोगितालाई भब्य बनाउनका लागी आयोजकले रङ्गरोहन देखी प्याराफिट मर्मत सम्भार समेत गरिसकेका छन ।

मुख्य प्रायोजकमा अग्नि सिमेन्ट 
यसैबिच १९ औ संस्करणको प्रतियोगिताको मुख्य प्रायोजन अग्नि सिमेन्ट इन्ड्रष्टिज प्रा.लीले गर्ने भएको छ । जिल्ला फुटबल सघं रुपन्देहीसंगको सम्झौता पत्रमा रुपन्देहिसंगको हस्ताक्षर गर्दै भैरहवामा मुख्य कार्यालय रहेको सिमेन्टले तिलोत्तमा गोल्डकपजस्तो महत्वपुर्ण प्रतियोगितामा प्रायोजन गर्न पाउनु नै महत्वपुर्ण रहेको कम्पनीका म्यानेजिंग डाइरेक्टर राजकुमार प्रोख्रेलले बताए ।

tilotamma-gold-cup

आयोजक जिल्ला फुटबल सघं रुपन्देहि र अग्नी सिमेन्टबिचको एम.ओ.इ कार्यक्रमको पत्रकार भेटघाटमा बोल्दै प्रोख्रेलले यस्ता प्रतियोगितालाई निरन्तरता दिनको लागी सबै उधोगी ब्यबसायीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । मुख्य प्रायोजन स्वरुप कम्पनीले १५ लाख प्रदान गर्ने छ । बुटवल उप-महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतीयोगीताको सह-प्रायोजन करेन्ट मसला र हुवाइ मोबाइलले गर्ने छन भने बिशेष सहयोगीको रुपमा अखिल नेपाल फुटबल सघं, राष्ट्रिय खेलकुद परिषद, रुपन्देही जिल्ला बिकास समिति रहेका छन । यस्तै प्रतियोगितालाई सफल तुल्याउन सबैको दायीत्व रहेको सरोकारवालाहरुले बताएका छन ।

अग्नि सिमेन्टसंगको सम्झौता कार्यक्रममा पश्चिम नेपाल बस ब्यबसायी सघं रुपन्देहीका अध्यक्ष दधिराम खरेल, जिल्ला खेलकुद बिकास समिती रुपन्देहीका अध्यक्ष योग गुरुङ, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लगायतले बोल्दै यो गोल्डकप सफल हुनुमा र निरन्तरता पाउनुमा बुटवलबासीकै हात रहेकोमा जोड दिएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.