11 months ago
January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ।
लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो ।
अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन ।
लिसान्द्रो मार्टिनेजले ५२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। त्यसको ७ मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरे।
खेलको ७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए। सोही गोलबाट सलाहले लिगमा १ सय ७५ गोल गर्ने थिएरी हेनरीसँग बराबरी गरेका छन् ।
८० औं मिनेटमा डेल्लोले टोलीका लागि अर्को ठूलो गोल गर्दै हारबाट जोगाए । १९ खेलमा लिभरपुलको ४६ अंक छ। २० खेलमा २३ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।
लिगको अर्को खेलमा फुलहम र इप्स्विचले २-२ को बराबरी खेलेका छन्। फुलहम ३० अंकसहित नवौं स्थानमा छ। इप्स्विच १६ अंकसहित १८ औं स्थानमा छ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]