11 months ago
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको छ।
विभागीय टोली आर्मीले बुधवार वालिङ नगरपालिकालाई १२-० को फराकिलो अन्तरमा हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।
आर्मीले नेपाल पुलिस क्लबले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र पुलिसबिचको खेल गोल रहित बराबरीमा सकिएको थियो। २ खेलमा अर्को विभागीय टोली एपिएफको ६ अंक छ।
आर्मीले गोलको बर्षा गरेको खेलमा विमला चौधरीले ४ गोल गर्दा चन्द्रा भण्डारीले ह्याट्रिक पुरा गरिन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले खेल अवधिभर नै दबाब बनायो।
३४ मिनेट भित्र आर्मीले ४ गोल गर्यो। २३ औं मिनेटमा चन्द्राले गोलको खाता खोलिन्। यसको एक मिनेटपछि नै सपना लामाले अग्रता दोब्बर गरिन्।
३१ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दैै आर्मीलाई ३-० को अग्रता दिलाइन्। यसपछि ३४ औं मिनेटमा विमलाले गोल गर्दा पहिलो हाफमा वालिङ विरूद्ध आर्मीले ४-० को अग्रता बनायो।
दोस्रो हाफमा पनि वालिङ निरिह बन्यो। डिफेन्स र गोल किपरको प्रदर्शन निराशाजनक रहयो। यसको फाइदा उठाउँदै आर्मीले ८ गोल थप्यो। ४८ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरिन्।
५६ औं मिनेटमा सपना लामाको पासमा सब्स्टिच्युट खेलाडी अञ्जना थुलुङ राईले गोल गरिन्। ६० औं मिनेटमा विमलाले ह्याट्रिक पूरा गरिन्। बक्स भित्रबाट हानेको प्रहारमा गोल किपर राधिका ओलीले कुनै मुभमेन्ट नै गरिनन्। योसँगै आर्मीले ७-० को अग्रता बनायो।
लगतै बालिङले गोल किपर परिवर्तन गर्यो। तर पनि आर्मीलाई रोक्न सकेन। ६९ औं मिनेटमा चन्द्राले वालिङकी डिफेन्डरको गल्तीमा ह्याट्रिक पुरा गरिन्। यसपछि ७० औं मिनेटमा अञ्जना र ७३ औं मिनेटमा सपना लामाले गोल गरे।
८१ औं मिनेटमा विमलाले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत गोल सङ्ख्या ४ पुर्याइन्। यसपछि विमला विकेले गोल गरेसँगै आर्मीले एक दर्जन गोल पुर्यायो।
आर्मीको यो दोस्रो जित हो। ३ खेलबाट ७ अंक बनाएको छ। पहिलो खेलमा बागमतीलाई २-० र दोस्रो खेलमा पुलिस गोलरहित बराबरीमा रोकिएको थियो।
वालिङको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा पुलिस ५-० र दोस्रो खेलमा एपिएफसँग ९-० ले हारेको थियो।
पहिलो चरणको खेलमा वालिङ आर्मीसँग ८-० ले हारेको थियो। आर्मीसँग २ खेल खेलिसक्दा वालिङले २० गोल बेहोरेको छ। भोलि दुई विभागीय टोली एपिएफ र पुलिसबिच खेल हुनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]