11 months ago
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेशका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्नेछन्।
विभागीय डर्बीका रुपमा रहेको लिगको दोस्रो क्वालिफायरमा आर्मी र पुलिस आमने सामने हुन लागेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई १-० ले पराजित गर्दै पुलिस दोस्रो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा एपिएफ क्लबसँग २-१ पराजित भएपछि आर्मीले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यो खेलको विजेताले बुधवार एपिएफसँग फाइनल खेल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]