11 months ago
January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तय गरेको छ।
फाइनलका लागि प्रति टिकट भिआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तय गरेको छ एन्फाले जनाएको छ ।
लिगको अन्तिम चरणमा फाइनल बाहेक सबै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको थियो।
एपिएफ र पुलिस फाइनल खेल्दै
लिग उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लबको सामना आज नेपाल पुलिस क्लबले गर्दैछ। फाइनल दिउँसो २ बजे सुरु हुनेछ।
जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो। एपिएफ रवाफिलो प्रदर्शनले यस पटक पनि उपाधिको मुख्य दाबेदारको रुपमा रहेको छ।
लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपिएफ अन्तिम चरणमा पुगेको थियो।
पुलिसले पहिलो चरणमा ६ जित र ३ बराबरी नतिजाका साथ २१ अंक जोडेको थियो। पुलिस तेस्रो स्थानमा रहँदै अन्तिम चरण पुगेको थियो।
अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएएले सबै ८ खेल जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बन्यो।
पुलिसले ८ खेलमा मात्र ३ खेल जित्यो। २ मा बराबरीको नतिजा निकाल्दा ३ खेलमा हारको सामना गर्यो। ११ अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुग्यो।
एपिएफले आर्मीलाई पहिलो क्वालिफायरमा २-१ ले हराएर फाइनलमा स्थान बनायो। पुलिसले इलिमिनेटरमा बागमती युथ क्लबलाई १-० ले हराउँदै दोस्रो क्वालिफायरमा खेल्यो। जहाँ आर्मीलाई टाइ-ब्ररकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो।
यो लिगमा एपिएफले कुल १८ खेल खेलेको छ। जहाँ उसले ९८ गोल गर्दा ६ गोल मात्र खाएको छ। एक खेलमा पनि हार बोहर्न परेको छैन। पुलिसले १९ खेल खेलेको छ। जहाँ ३४ गोल गर्दा १२ गोल बेहोरेको छ।
यसरी सरसर्ती तथ्याङ्कलाई हेर्ने हो भने एपिएफलाई बलियो आँक्न सकिन्छ। तर पुलिसले आर्मीलाई हराएको जस्तै प्रदर्शन गर्न सके एपिएफलाई हराउने संभावना पनि उतिकै रहेको छ।
यो लिगमा यसअघि तीन पटक एपिएफ र पुलिस भिडिसकेका छन्। एपिएफ अहिलेसम्म एक खेलमा बराबरीमा रोकिएको छ। बाँकी सबै खेल जित्न सफल टोलीम हो। एपिएफलाई बराबरीमा रोक्ने टोली पुलिस नै हो। पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकिएको थियो।
दोस्रो चरणको दुई खेलमा नै एपिएफले पुलिसलाई हराएको थियो। पहिलो लेगमा ६-० र दोस्रो लेगमा २-० ले एपिएफ जित दर्ज गर्न सफल भएको थियो।
यही प्रदर्शनलाई निरन्तरता दिंदै एपिएफ उपाधि जित्ने दाउमा रहनेछ। एपिएफ सबै पक्षमा चुस्त देखिएको छ। पुलिसलाई भने दुई खेलको हारको बदला लिंदै उपाधि जित्ने सुनौलो अवसर रहेको छ।
खेल हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]