default_image

11 months ago

January 30, 2025

बार्सिलोना बराबरीमा रोकियो

772 views

0 Bookmark

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब एट्लान्टासँग बराबरी रोकिएको छ ।

बार्सिलोनाले बुधवार एट्लान्टासँग २-२ को बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीका लागि एन्डर्सन र मारिओ पासालिकले गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अरौजोले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । बार्सिलोनाका लागि यामलले खेलको ४७औं मिनेटमा गोल गरेका थिए । एट्लान्टाका लागि एन्डर्सनले ६७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बार्सिलोनाका लागि रोनाल्ड अरौजोले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई फेरी अग्रता दिलाएका थिए । तर, ७९औं मिनेटमा मारिओ पासालिकले गोल गर्दै एटलान्टालाई हारबाट जोगाएका थिए ।

बराबरीपछि पनि बार्सिलोना च्याम्पियन्स लिगको ८ खेलमा १९ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोना यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ । २१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

समान खेलबाट १५ अंक जोडेको एट्लान्टा नवौं स्थानमा रहेको छ । एट्लान्टाले प्लेअफमा स्थान पक्का गरेको छ ।

सिटी प्ले अफमा

बेलजियमको क्लबबर्गमाथि बुधवार ३-१ को  पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गर्यो।
च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष  रहने टोलीले सिंधै नकआउट‌चरणमा  पुग्नेछन् ।

बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौं देखि २४ स्थानमा रहेका टोलीबिच ‘प्लेअफ’ हुनेछ। त्यसको विजेता अन्तिम १६ मा‌ प्रवेश गर्नेछ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो। प्ले अफको सम्भावनालाई‌ जीवित राख्न सिटीलाई जित आवश्यक थियो।

सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो। दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए ।

६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि  सिटीले अग्रता लिएको थियो।  साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।

८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो। समान ११ अंक जोडेको  क्लब बर्ग २४ औं स्थानमा रहेर प्ले अफमा पुगेको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.