10 months ago
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- म्यानमारले लगातार दोस्रो जित निकाल्दै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्यान्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
दशरथ रंगशालामा बिहीवारको पहिलो खेलमा म्यानमारको कीर्गिस्तानलाई ५-० ले हराउँदै फाइनल पुग्ने सम्भावना मजबुत पारेको हो ।
एकपक्षिय खेलमा म्यानमारको जितमा मे टेट लु र योन वाडी लेङले समान २ र सानदार लिनले १ गोल गरिन्।
दोस्रो मिनेटमा नै म्यानमारले अग्रता बनायो। कप्तान सानदार लिनको क्रसमा वाडी लेङले गोल गरिन्। नवौँ मिनेटमा कीर्गिस्तानकी एलिखान टर्मसको प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै बचाइन्। खेलको ३० औँ मिनेटमा म्यानमारले अग्रता दुगुना गर्यो। लिनले सानदार गोल गरिन्।
खेलको ३६ औँ मिनेटमा योन वाडीको पासमा मे टेट लुको हेडर गोलमा म्यानमार ३–० को अग्रता बनायो। खेलको ४१ औँ मिनेटमा युन वाडी लिङले गोल गर्दा म्यानमारले पहिलो हाफमा ४–० को अग्रता बनायो। डिबक्स भित्रबाट गरेको उनको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।
यसपछि ४९ औं मिनेटमा मे टुटले व्यक्तिगत दोस्रो गोल गर्दा म्यानमारले ५-० को स्पष्ट अग्रता बनायो।
म्यानमारले २ खेलबाट ६ अंक जोड्दै फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ। उसले पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो।
कीर्गिजस्तानको यो दोस्रो हार हो। किर्गिजस्तान पहिलो खेलमा नेपालसँग १-० ले हारेको थियो। आज साँझ ६ बजे सुरु हुने दोस्रो खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुनेछ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]