10 months ago
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोहन कार्कीलाई रिटेन गर्दै नेपाल सुपर क्लब (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो सिजनका लागि ३ खेलाडी रिटेन गरेको छ ।
गत सिजन ट्यालेन्ट हन्टमार्फत धनगढी एफसीबाट खेल्दै प्रतियोगिताको उदीयमान खेलाडी घोषित रोहनले यस सिजन काठमाडौंको मार्कीको भूमिकामा खेल्ने भएका हुन् । रोहन सी डिभिजन लिगमा आरसी३२ फुटबल क्लबको कप्तानी गर्दै बी डिभिजनमा उकालेपछि चर्चामा आएका थिए । त्यसयता उनले एनएसएल हुँदै राष्ट्रिय टोलीबाट डेब्यु समेत गरिसकेका छन् ।
रोहन पछिल्लो समय चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिता खेल्दै आएका छन् । उनी एएफसी च्यालेन्ज कपको प्लेअफ खेलमा पनि चर्च ब्वाइजबाट खेलेका थिए । मिडफिल्डर रोहन उनको पास दिने क्षमताका लागि परिचित छन् । सेन्टर मिडफिल्डमा खेल्ने उनले पछिल्लो समय आफूलाई देशको उत्कृष्ट मिडफिल्डरको रुपमा चिनाएका छन् ।
काठमाडौंले रोहनसँगै मिडफिल्डर दीपेश गुरुङ, डिफेन्डर कुलदिप कार्की र गोलरक्षक अभिषेक बराललाई पनि रिटेन गरेको छ । पहिलो सिजनको विजेता रेजर्सले दोस्रो सिजनमा भने प्लेअफको पहिलो खेलमा हार बेहोरेको थियो । ललितपुरसँग एलिमिनेटरमा हारेपछि रेजर्स बाहिरिएको थियो ।
यस सिजनका लागि भने क्लबले प्रशिक्षक सार्वजनिक गरिसकेको छैन । सुरुवाती दुवै सिजन बालगोपाल महर्जन टोलीको प्रशिक्षक रहेका थिए । यस सिजन भने क्लबले नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको बुझिएको छ ।
एनएसएलको नयाँ सिजन चैत्र १६, २०८१ (मार्च २९, २०२५) बाट सुरु हुँदैछ । ७ टोली सहभागी रहने लिगका लागि अक्सन फागुन १० गते शनिबार हुँदैछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]