default_image

6 months ago

June 5, 2025

हङकङको सामना गर्न नेपाल तयार

1012 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ । नेपालले विहीबार साँझ ५:४५ बजे मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ ।

मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।

‘लाओसविरुद्ध खेलअघि यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ । हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौं । यो सुखद पक्ष हो,’ रसले बताए । उनले हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रष्ट पारे ।

प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले मैत्रीपूर्ण मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत राम्रो तयारी गरेको बताए । ‘हामी विपक्षीलाई सम्मान गर्छौ। तर पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेका छौं । राम्रो नतिजाको आशा छ,’ किरणले भने ।

विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ । स्थानीय टोलीले भने यसै मैदानमा केही दिनअघि इंगलिश टोली म्यानचेष्टर युनाइटेडसंग ३-१ को पराजय भोगेको थियो । हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.