default_image

6 months ago

June 12, 2025

सूर्यपुर एफसी भरतपुर २४ गोल्डकपको फाइनलमा

639 views

0 Bookmark

सुशील पन्त क्षेत्री, भरतपुर

सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीलाई २-१ ले हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरको जितमा जय गुरुङ र बिक्की चम्लिङ राईले गोल गरे । जनशक्तिका लागि शान्तबहादुर गुरुङले एक गोल फर्काए । सूर्यपुरका बिक्की चम्लिङ राई प्लेयर अफ दि म्याच भए ।

सूर्यपुर पहिलो पटक यो प्रतियोगिताको फाइनल पुगेको हो । उसले अब उपाधिका लागि हानामी भरतपुर फुटबल क्लब बिएफसीको सामना गर्नेछ ।

बिएफसी यस अघि पहिलो सेमिफाइनलमा प्याराडाईज युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । पहिलो संस्करणको उपाधि विजेता बिएफसी दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

यसैबीच प्रतियोगिताको फाइनल खेल असार १ गते हुने भएको छ । यस अघि जेठ ३१ गते हुने भनिएको फाइनल विशेष कारण सारिएको संयोजक रमेश पुरीले जानकारी दिए । खेल दिउँसो ४ बजे हुनेछ ।

भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा दोस्रो टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.