default_image

6 months ago

June 19, 2025

रियल रोकियो, सिटीको जित

1104 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले बराबरीका साथ क्लब विश्वकपको सुरुवात गरेको छ।

अमेरिका जारी क्लब विश्वकपको समूह जीमा अल हिलालसँग १–१ को बराबरी खेल्दा रियलका प्रशिक्षक ज़ाबी आलोन्सोको  सुरुआत प्रभावहीन रह्यो।

१५ पटकको युरोपेली च्याम्पियनले मियामीको हार्ड रक स्टेडियममा कुनै कुनै बेला मात्र लयमा देखिन्थ्यो।
काइलियन एमबाप्पे ज्वरोका कारण अनुपस्थित हुँदा गोंजालो गार्सियाले ३४औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए।

पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसले पहिलो हाफको अन्त्यतिर पेनाल्टीबाट बराबरी गोल गरे । सिमोने इन्जागीको टोलीले सशक्त रक्षात्मक खेल्नुका  साथै  आक्रामकमा पनि रियललाई चुनौती दियो ।

फेडेरिको भाल्भेर्डेले अन्तिम समयमा पेनाल्टी गुमाएपछि रियलले साउदी अरेबियाको सबैभन्दस सफल टोलीसँग बराबरी मा चित्त बुझाउनु पर्यो ।

‘पहिलो हाफभन्दा दोस्रो हाफ राम्रो भयो । हामीले राम्रो मौका र नियन्त्रण गर्यौ,’ प्रशिक्षक आलोन्सोले  भने,’प्रत्येक खेलबाट सकारात्मक कुरा लिनुपर्छ, सिक्नुपर्छ र सुधार गर्दै जानुपर्छ।’

बुधवारको अर्को खेलमा म्यानचेस्टर सिटीले विजयी भएको छ  । सिटीले मोरक्कोको क्लब विदादलाई २–० हरायो । फिल फोडेनले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४२औं मिनेटमा जेरिमी डोकुले दोस्रो गोल गरे ।

८८औं मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि  सिटी १० खेलाडीमा सीमित भयो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.