6 months ago
June 19, 2025
एजेन्सी – रियल म्याड्रिडले बराबरीका साथ क्लब विश्वकपको सुरुवात गरेको छ।
अमेरिका जारी क्लब विश्वकपको समूह जीमा अल हिलालसँग १–१ को बराबरी खेल्दा रियलका प्रशिक्षक ज़ाबी आलोन्सोको सुरुआत प्रभावहीन रह्यो।
१५ पटकको युरोपेली च्याम्पियनले मियामीको हार्ड रक स्टेडियममा कुनै कुनै बेला मात्र लयमा देखिन्थ्यो।
काइलियन एमबाप्पे ज्वरोका कारण अनुपस्थित हुँदा गोंजालो गार्सियाले ३४औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए।
पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसले पहिलो हाफको अन्त्यतिर पेनाल्टीबाट बराबरी गोल गरे । सिमोने इन्जागीको टोलीले सशक्त रक्षात्मक खेल्नुका साथै आक्रामकमा पनि रियललाई चुनौती दियो ।
फेडेरिको भाल्भेर्डेले अन्तिम समयमा पेनाल्टी गुमाएपछि रियलले साउदी अरेबियाको सबैभन्दस सफल टोलीसँग बराबरी मा चित्त बुझाउनु पर्यो ।
‘पहिलो हाफभन्दा दोस्रो हाफ राम्रो भयो । हामीले राम्रो मौका र नियन्त्रण गर्यौ,’ प्रशिक्षक आलोन्सोले भने,’प्रत्येक खेलबाट सकारात्मक कुरा लिनुपर्छ, सिक्नुपर्छ र सुधार गर्दै जानुपर्छ।’

बुधवारको अर्को खेलमा म्यानचेस्टर सिटीले विजयी भएको छ । सिटीले मोरक्कोको क्लब विदादलाई २–० हरायो । फिल फोडेनले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४२औं मिनेटमा जेरिमी डोकुले दोस्रो गोल गरे ।
८८औं मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भयो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]