6 months ago
June 20, 2025
एजेन्सी – कप्तान लियोनेल मेसीले फ्रिकिकमा सुन्दर गोल गर्दा फिफा क्लब विश्वकपमा इन्टर मायमीले एफसी पोर्टोलाई पराजित गरेको छ ।
समूह ए को खेलमा मायमीले १-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै २-१ को जित निकालेको हो । पहिलो हाफको आठौं मिनेटमा पोर्टोले सामु आघेहोवाको पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा मायमीले २ गोल फर्कायो ।
४७ औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ७ मिनेटपछि नै मायमीले मेस्सीको गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रको नजिकै प्राप्त फ्रिकिकलाई मेस्सीले फस्ट बारमा गोल गरेका थिए ।
समूह ए अन्तर्गत नै पाल्मेरसले अल आहलीलाई २-० ले हराएको थियो । यससँगै मायमी र पाल्मेरसको ४-४ अंक पुगेको छ । पोर्टो र अल आहलीको १-१ अंक छ ।
समूह बी को खेलमा भने एटलेटिको म्याड्रीडले सिआटल साउन्डर्सलाई ३-१ ले हरायो ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]