6 months ago
June 20, 2025
एजेन्सी – कप्तान लियोनेल मेसीले फ्रिकिकमा सुन्दर गोल गर्दा फिफा क्लब विश्वकपमा इन्टर मायमीले एफसी पोर्टोलाई पराजित गरेको छ ।
समूह ए को खेलमा मायमीले १-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै २-१ को जित निकालेको हो । पहिलो हाफको आठौं मिनेटमा पोर्टोले सामु आघेहोवाको पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा मायमीले २ गोल फर्कायो ।
४७ औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ७ मिनेटपछि नै मायमीले मेस्सीको गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रको नजिकै प्राप्त फ्रिकिकलाई मेस्सीले फस्ट बारमा गोल गरेका थिए ।
समूह ए अन्तर्गत नै पाल्मेरसले अल आहलीलाई २-० ले हराएको थियो । यससँगै मायमी र पाल्मेरसको ४-४ अंक पुगेको छ । पोर्टो र अल आहलीको १-१ अंक छ ।
समूह बी को खेलमा भने एटलेटिको म्याड्रीडले सिआटल साउन्डर्सलाई ३-१ ले हरायो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]