default_image

6 months ago

June 20, 2025

एम्बाप्पे अस्पतालबाट डिस्चार्ज भए

728 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड किलियन एम्बाप्पे ग्यास्ट्रोएन्टेराइटिसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

ज्वरोका कारण २६ वर्षीय फ्रान्सेली टोलीका कप्तान एम्बाप्पले मंगलवार प्रशिक्षण छुटाएका थिए । बुधवार मियामीमा भएको अल-हिलालविरुद्धको १-१ को फिफा क्लब विश्व कपको बराबरी खेल उनले खेलेनन्।

रियलले एम्बाप्पेलाई ग्यास्ट्रोएन्टेराइटिसको कारण अस्पतालमा भर्ना गरेको बिहीवार जनाएको थियो । तर त्यसको केही घण्टापछि उनलाई डिस्चार्ज गरिएको बताएको छ।

ग्यास्ट्रोएन्टेराइटिस आन्द्रामा हुने एक प्रकारको संक्रमण हो जसले बान्ता र पखाला निम्त्याउन सक्छ। उनी पाम बीचमा रहेको रियलको प्रशिक्षण कम्प्लेक्समा फर्किएका छन्। ‘एम्बाप्पेले चिकित्सा उपचार जारी राख्नेछन् र क्रमशः टोलीको गतिविधिमा फर्किनेछन्,’ रियलले विज्ञप्तिमार्फत भनेको छ।

रियलको अर्को खेल आइतवार बिएसटीमा पाचुकाविरुद्ध खेल्लेछ छ। यदि एम्बाप्पे पाचुकाविरुद्ध खेल्न समयमै निको भएनन् भने, उनी २६ जुनमा साल्जबर्गविरुद्धको समूहको अन्तिम खेलमा फर्किन सक्छन्।

एम्बाप्पेले पेरिस सेन्ट-जर्मेनबाट फ्रि ट्रान्सफरमा रियल गएको पहिलो सिजनमा सबै प्रतियोगितामा ५६ खेलमा ४३ गोल गरेका थिए।

रियलको जाबी अलोन्सोको नेतृत्वमा पहिलो प्रतियोगिताका रुपमा क्लब विश्वकप खेलिरहेको छ। रियलका पूर्व स्टार अलोन्सोले ला लिगा सिजनको अन्त्यमा कार्लो एन्सेलोटीलाई प्रतिस्थापन गरेका थिए।

रियलले एम्बाप्पेको पहिलो सिजनमा स्पेनिस फुटबलमा युइएफए सुपर कप र फिफा इन्टरकन्टिनेन्टल कप जितेको थियो।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.