9 years ago
March 4, 2017
एजेन्सी – स्पेनिश ला लिग अन्तर्गत शनिबार हुने एइबारविरुद्धको खेलमा रियल म्याड्रिडका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल दुवै अनुपस्थित हुने भएका छन्।

लास पाल्मास विरूद्धको खेलमा रातो कार्ड खाएका कारण बेललाई २ खेल प्रतिबन्ध लागेको छ भने क्रिस्टियानो रोनाल्डोलाई चोटका कारण यस खेलमा विश्राम दिइएको छ। अल्भारो मोराटाले पनि प्रतिबन्धका कारण यस खेल गुमाउने भएका छन्।
म्याड्रिडका लागि आजको खेलमा करिम बेन्जेमा स्ट्राइकरका रुपमा रहनेछन् भने हामेस रोड्रीगवेज र भाज्केजले विङ्गरको भूमिका निर्वाह गर्नेछन्। मिडफिल्डमा क्यसेमिरो, मोड्रीच र एसेन्सियो रहनेछन। ड्यानिलो, रामोस, पेपे र नाचोले डिफेन्सको भूमिका निभाउनेछन्। गोलरक्षकमा केलर नाभास कायम रहेका छन्।
एइबारविरुद्धको खेल नेपाली समयानुसार शनिबार रातको ९ बजे सुरु हुनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]