6 months ago
June 24, 2025
एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘ए’ बाट पाल्मेइरास र इन्टर मायमी अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल रहेको हो । इन्टर मायमी र पाल्मेइरासको खेल २-२ को बराबरीमा सकिँदा एफसी पोर्टो र अल अहलीले ४-४ को रोमान्चक बराबरी खेले ।
इन्टरले घरेलु मैदानमा २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा समूह विजेता बन्ने अवसर गुमायो । पहिलो हाफमा तादेओ आलेन्देको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले १६ औं मिनेटमा सुआरेजले छुटाएको काउन्टर अट्याकमा गोल गरेका थिए ।
सुआरेजले ६५ औं मिनेटमा इन्टरको अग्रता दोब्बर पारे । उनले २ डिफेन्डरलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । तर पाल्मेइरासले अन्तिम १० मिनेटमा २ गोल फर्कायो । ८० औं मिनेटमा पाउलिन्होले गरेको फितलो प्रहार गोल भयो । त्यसको ८ मिनेटपछि माउरिसियोले क्लियर हुन नसकेको बललाई गोलको दिशा दिए ।
अर्को खेलमा विसाम अबु अलीको ह्याट्रिकमा अल अहली र पोर्टोको खेल ४-४ को बराबरी भयो । अल अहलीले ४ पटक अग्रता लिएपनि पोर्टोले चारै पटक बराबरी गोल फर्काएको थियो । ८९ औं मिनेटमा पेपेले चौथो बराबरी गोल गरेका थिए ।
पाल्मेइरास र इन्टर समान ५-५ अंक जोड्दै अघि बढे । गोलअन्तरमा पाल्मेइरास शीर्षस्थानमा रह्यो । पोर्टो र अल अहलीले २-२ अंक जोडे ।
पाल्मेइरासले अब अन्तिम १६ को खेलमा बोटाफोगोको सामना गर्नेछ । इन्टर मायमीले भने समूह बी को विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नेछ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]