default_image

6 months ago

June 24, 2025

पाल्मेइरास र इन्टर मायमी नकआउट चरणमा

1016 views

0 Bookmark

एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘ए’ बाट पाल्मेइरास र इन्टर मायमी अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल रहेको हो । इन्टर मायमी र पाल्मेइरासको खेल २-२ को बराबरीमा सकिँदा एफसी पोर्टो र अल अहलीले ४-४ को रोमान्चक बराबरी खेले ।

इन्टरले घरेलु मैदानमा २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा समूह विजेता बन्ने अवसर गुमायो । पहिलो हाफमा तादेओ आलेन्देको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले १६ औं मिनेटमा सुआरेजले छुटाएको काउन्टर अट्याकमा गोल गरेका थिए ।

सुआरेजले ६५ औं मिनेटमा इन्टरको अग्रता दोब्बर पारे । उनले २ डिफेन्डरलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । तर पाल्मेइरासले अन्तिम १० मिनेटमा २ गोल फर्कायो । ८० औं मिनेटमा पाउलिन्होले गरेको फितलो प्रहार गोल भयो । त्यसको ८ मिनेटपछि माउरिसियोले क्लियर हुन नसकेको बललाई गोलको दिशा दिए ।

अर्को खेलमा विसाम अबु अलीको ह्याट्रिकमा अल अहली र पोर्टोको खेल ४-४ को बराबरी भयो । अल अहलीले ४ पटक अग्रता लिएपनि पोर्टोले चारै पटक बराबरी गोल फर्काएको थियो । ८९ औं मिनेटमा पेपेले चौथो बराबरी गोल गरेका थिए ।

पाल्मेइरास र इन्टर समान ५-५ अंक जोड्दै अघि बढे । गोलअन्तरमा पाल्मेइरास शीर्षस्थानमा रह्यो । पोर्टो र अल अहलीले २-२ अंक जोडे ।

पाल्मेइरासले अब अन्तिम १६ को खेलमा बोटाफोगोको सामना गर्नेछ । इन्टर मायमीले भने समूह बी को विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.