default_image

6 months ago

June 25, 2025

सान्तोसमा नेयमारको सम्झौता नवीकरण

1035 views

0 Bookmark

एजेन्सी – ब्राजिलका सबैभन्दा धेरै गोल गर्ने खेलाडी नेयमारले आफ्नो बाल्यकालको क्लब सान्तोससँग डिसेम्बरसम्मको लागि नयाँ सम्झौता नवीकरण गरेका छन्।

३३ वर्षीय नेयमार यस वर्ष जनवरीमा साउदी प्रो लिगको क्लब अल-हिलालसँगको सम्झौता अन्त्य भएपछि ६ महिनाको सम्झौतामा सान्तोस फर्किएका थिए।

नेयमारले सान्तोसका लागि २ सय ४३ खेल खेल्दा १ सय ४१ गोल तथा ६९ असिस्ट गरेका छन्। पेरिस सेन्ट जर्मेन र बार्सिलोनाका पूर्व फरवार्ड नेयमारलाई युरोप फर्कने चर्चा भइरहेका बेला उनले ब्राजिलियन सेरी ए सिजनको अन्त्यसम्मको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘मैले निर्णय लिएँ र आफ्नो हृदयको आवाज सुनेँ,’ नेयमारले भने, ‘सान्तोस मेरो टिम मात्र होइन, मेरो घर, मेरो मूल, मेरो इतिहास र मेरो जीवन हो। यहीँ म बालकबाट पुरुष बनेँ, र यहीँ मैले साँच्चै माया पाइरहेको छु। यहीँ म आफ्नो वास्तविक रूपमा खुसी हुन सक्छु।’

‘यहीँ मैले आफ्नो अधुरा सपना पूरा गर्न चाहन्छु, र मलाई कसैले रोक्न सक्दैन। म जान्छु, फर्कन्छु, अनि यहीँ रहन्छु जहाँ सबै सुरु भयो, र कहिल्यै अन्त्य हुनेछैन,’उनले थपे ।

नेयमारलाई १७ महिनापछि मार्चमा ब्राजिल टिममा पुनः बोलाइएको थियो । तर उनी कोलम्बिया र अर्जेन्टिना विरुद्धको विश्वकप छनोट खेलहरूमा सहभागी भएनन्।

उनले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् । तर २०२३ अक्टोबरमा उरुग्वेविरुद्ध घुँडामा चोट लागेपछि राष्ट्रिय टोलीका लागि खेलेका छैनन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.