6 months ago
June 25, 2025
एजेन्सी – चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्व कपको नकआउट चरणमा पुगेको छ।
समूह चरणको अन्तिम खेलमा इएस ट्युनिसलाई ३-० ले गराएसँगै चेल्सीले अन्तिम १६ को यात्रा तय गरेको हो।
स्टाइकर लियाम डेल्यापले पहिलो पटक चेल्सीका लागि गोल गरे ।
इप्सविचबाट यसै महिनाको सुरुमा ३० मिलियन पाउन्डमा चेल्सी पुगेयता २२ बर्षीय डेल्यापले पहिलो पटक गोल गरेका हुन्। उनले पहिलो हाफको इन्ज्युरी समयमा पाँचौं मिनेटमा गोल गरे।
त्यसको दुई मिनेट अगाडि मात्र डिफेन्डर टोसिन अडाराबियोयोले एन्जो फर्नान्डेजको फ्रिकिकमा हेड मार्फत खेलको पहिलो गोल गरे। टाइरिक जर्जले अन्तिम मिनेटमा तेस्रो गोल थपे ।
यो जितसँगै चेल्सी (६अंक) समूह ‘डी’ को उपविजेता बन्यो । फ्लामेन्गो (७ अंक ) ले समूहको शीर्ष स्थानमा रह्यो । अब चेल्सीले पोर्चुगिज क्लब बेन्फिकासँग अन्तिम १६ को खेल खेल्नेछ।
बायर्न म्युनिखलाई १-० ले हराउँदै बेन्फिका समूह सीको विजेता बन्यो । आन्द्रेयास शेल्देरुपले १३ औं मिनेटमा गरेको गोलमा बेन्फिका विजयी भयो । समूह विजेता बेन्फिकाको ७ अंक र बायर्नको ६ अंकका साथ नकआउट चरणमा पुगेका हुन्।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]