6 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट बुधवार राजीनामा दिएका छन्।
एन्फाको अपिल कमिटीले असार ५ गते थ्री स्टारका बारेमा लिएको पछिल्लो निर्णय अन्यायपूर्ण भएको उल्लेख गर्दै पदमा बसिरहन उपयुक्त नभएकोले राजीनामा दिएको जोशीले बताएका छन् ।
जोशीले आज बिहान इमेलमार्फत राजीनामा पठाएको र आजै सातदोबाटोस्थित एन्फाको कार्यालयमा भौतिक रुपमा दर्ता गर्ने जानकारी दिएका छन्।
२०८० जेठ २८ गते सम्पन्न ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबसँगको अन्तिम खेलमा थ्री स्टारले भिसाको म्याद सकिएको दुई विदेशी खेलाडी खेलाएको भन्दै १-० ले जितेको खेललाई एन्फाबाट उल्टाउने निर्णय भएको भन्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै राजीनामा पत्रमा उनले भनेका छन्,
‘ नेपाल एपिएफ क्लबको उजुरीको आधारमा कारवाही गरेर त्यो खेल जावलाखेललाई ३-० ले जितेको भनिएको छ। त्यसबाट एपिएफको ए डिभिजन हैसियत जोगिएको र थ्री स्टार बी डिभिजनमा घटुवा भएको छ। यसअघि अनुशासन समितिले ती दुई खेलाडी र क्लबलाई समेत जरिवाना गर्ने निर्णय गरेको थियो। एउटा घटनामा पटक पटक कारवाहीको निर्णय गर्न मिल्छ? ‘
‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो’ भन्ने उदाहरणलाई एन्फाले फेरि एक पटक प्रमाणित गरेको भन्दै जोशीले प्रश्न गरेका छन्, पछिल्लो निर्णय लिनका लागि एन्फाको अपिल कमिटीलाई २ वर्ष भन्दा लामो समय किन लिग्यो ? शंका गर्ने पर्याप्त ठाउँ छ । एन्फाका तत्कालीन फिफा कनेक्ट अफिसरका अनुसार ती दुई विदेशी खेलाडीलाई जावलाखेलसँगको त्यो खेलमा खेल्न दिनु भनेर सचिवालयबाटै निर्देशन दिइएको थियो । के आधारमा त्यो निर्देशन दिइयो ? आफैले दिएको निर्देशनबाट एन्फा सचिवालय पछि कसरी हट्न सक्छ ? कुनै पनि दुई टोलीबीचको खेलको विषयमा तेस्रो क्लबले उजुरी दिन मिल्छ भन्ने लिग सञ्चालन नियमावलीमा उल्लेख छैन । त्यो खेलमा संलग्न नभएको एपिएफको उजुरीलाई एन्फाले के आधारमा स्वीकार गर्यो ।
उनले एन्फाले ए, बि,सी डिभिजनका बारेमा लिएका पछिल्ला निर्णय विवादस्पद रहँदै आएको आरोप समेत लगाएका छन् । उनले भनेका छन,’ एन्फाको सहायक महासचिवका रुपमा मैले पनि त्यो नजिकबाट महसुस गरेको छु। र एन्फाले फुटबलको भावना, मर्म र नियमविपरीत लिएका कतिपय अन्यायपूर्ण कदमबाट मैले आफूलाई अलग राखेको छु। ‘
थ्री स्टारको अध्यक्ष रहेकै अवस्थामा एन्फाको सहायक महासचिवको जिम्मेवारी लिएको स्मरण गर्दै जोशीले थपेका छन् ,’ २०७९/०८० को लिग हुँदा म थ्री स्टारको अध्यक्ष थिए । तर, एन्फाले थ्री स्टारमाथि नै पूर्वाग्रह राखेर अन्याय गरेको छ । क्लबको प्रतिनिधित्व गर्दै एन्फामा जिम्मेवारी सम्हालेको मलाई आफ्नै क्लबमाथिको कारवाही पछि नैतिकताका आधारमा पनि सहायक महासचिवको पदमा बसिराख्न उपयुक्त लागेन ।’
थ्री स्टारले भविष्यमा लिने सबै खाले कदममा आफ्नो उपस्थिति र समर्थन रहने पनि जोशीले प्रस्ट पारेको छन् । पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि जोशी, वसन्त अर्याल र दामोदर भट्टराईसँगै ३ जना सहायक महासचिव नियुक्त भएका थिए। अर्यालको सट्टापछि एन्फाले विजय घलेलाई सो पदमा नियुक्त गरेको थियो।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]