6 months ago
June 27, 2025
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी क्लब विश्व कपमा समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
आज भएको खेलमा रियलले एफसी साल्जवर्गलाई ३-० ले हराएसँगै समूह एच को विजेता बनेको हो।
भिनिसियस जुनियरले खेलको ४० औं मिनेटमा रियलको लागि पहिलो गोल गरे। यसपछि इन्ज्युरी समयमा भिनिसियसको सहयोगमा फेडरिको भरल्भर्डेले गोल गरे। पहिलो हाफमा रियलले २-० को अग्रता बनायो।
साल्जवर्ग दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। ८४ औं मिनेटमा गोन्जालो गार्सियाले रियलको लागि तेस्रो गोल गरे।
रियल ३ खेलबाट ७ अंक जोड्यो । साउदी अरेबियाको अल हिलाल ५ अंक समूह उप विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। अल हिलालले पाचुकालाई २-० ले पराजित गर्यो।
अष्ट्रियाको साल्जवर्गसँग ४ अंक र अंक मेक्सिकन क्लब पाचुका समूह चरणबाट बाहिरिएको छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]