6 months ago
June 28, 2025
सरिता श्रेष्ठ,काठमाडौं
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको झन्डै ४ दशक भइसकेको छ।
महिला टोलीले सन् १९८६ को डिसेम्बर १४ तारिखमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलको दिन हो । एसियन च्याम्पियनसिपमा हङकङ विरुद्ध खेल्दै महिला टोलीले फुटबलको अन्तराष्ट्रिय यात्राको सुरु गरेको थियो। नेपाली पुरुष टोलीले १९८२ पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
महिला टोलीले यो अबधिमा ९९ खेल खेलेको छ। जसमा ४६ जित, १६ बराबरी र ३७ हार बेहोरेको छ। अहिले उज्वेकिस्तानमा रहेको नेपाली टोलीले एसियन कप छनोटको पहिलो खेल लाओससँग खेल्दैछ। त्यो खेल महिला टोलीको एक सयौं अन्तर्राष्ट्रिय खेल हुनेछ।

४ दशकको यात्रामा ९९ खेलको तथ्याङ्क निकै कम हो। पहिलोबाट दोस्रो अन्तराष्ट्रिय खेल खेल्न महिला टोलीले तीन वर्ष कुर्नुपरेको एतिहास छ । त्यसपछि तेस्रो खेल एक दशकपछि १९९९ मा मात्र संभव भयो। त्यतिखेर नेपालले जापान, थाइल्यान्ड, उज्वेकिस्तान र फिलिपिन्ससँग खेल्यो। नेपालले सबै ४ खेलमा पराजयको बेहोरेको थियो।
त्यतिखेर सम्म खेलेको अन्तर्राष्ट्रिय खेलमा नेपालले जितको स्वाद चाख्न पाएन । खेल्ने कै लागि महिला टोलीले १९९९ पछि ११ वर्ष लामो प्रतीक्षा गर्नुपरेको थियो।
२०१० मा ११औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद मार्फत महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल पुनरागमन गरेको थियो। अन्तर्राष्ट्रिय फुटबलको वास्तविक सुरुवात त्यसैलाई मान्ने पनि छन् ।
महिला टोलीले ११ औं साग र सोही वर्ष महिला साफ च्याम्पियनसिप पनि खेल्यो। ती दुवै प्रतियोगिताको फाइनलमा पुगेपछि नेपाली महिला टोलीले संभावनाको ढोका खोल्यो ।

त्यसयता महिला टोलीले निरन्तर जस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ। विशेषगरी नेपालले दक्षिण एसियाली स्तरीय प्रतियोगितामा बढी प्रतिस्पर्धा गरिरहेको छ।
एक सयौं अन्तराष्ट्रिय खेल खेलिरहँदा नेपाली टोली एउटा पनि उपाधि जित्न नसक्नु पीडादायक पक्ष हो। ११ सागयता महिला टोलीले १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको छ। तर सबै फाइनलमा नेपाली टोली पराजित भएको थियो ।
सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि महिला फुटबल टोलीलाई प्राथमिकतामा राखेको छैन । लगानी न्यून छ। यस्तोमा नेपाली टोलीको सफलतालाई कम मान्न सकिन्न । युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि यहि महिला टोलीसँग नै रहेको छ।

सावित्रा भण्डारी ‘साम्बा’ ले युरोपमा खेल्ने अवसरको ढोका खोलेकी थिइन् भने गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले पनि त्यो कदमलाई पछ्याइन् ।
एक सयौं खेलको चर्चाका बीच महिला टोलीले नयाँ कप्तान पाउन सक्ने अड्कल गरिएको छ। विगतमा जस्तो बिदाइमा कप्तानका रुपमा कसैलाई नडाकिएपछि कप्तान परिवर्तनको चर्चामा बल पुगेको हो ।
महिला टोलीको अहिले सम्म १० जनाले कप्तानी गरिसकेका छन्। पहिलो कप्तान रमा सिंह हुन्। त्यसपछि कमला हिराचन, मिरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटे, निरु थापा र एन्जिलाले टोलीको नेतृत्व गरेका थिए । यसमा सबै भन्दा लामो समय एन्जिलाले कप्तानी गरिन् । उनले २०१९ देखि कप्तानको जिम्मेवारी सम्हालेकी हुन् ।

एन्जिलाले नै निरन्तरता पाउने सम्भावनालाई पनि उत्तिकै छ । सिनियरका हिसाब हो भने डेढ दशकदेखि राष्ट्रिय टोलीमा रहेकी पूर्व कप्तान रेनुकाले त्यो जिम्मेवारी पुनः पाउन सक्छिन् । त्यसपछि एन्जिला र साम्बा टोलीका सिनियर खेलाडी हुन् । त्यसपछिकी अनिता बस्नेतसँग एपिएफलाई कप्तानी गरेको अनुभव छ ।
सरु लिम्बू, गोलकिपर अन्जना राना मगर, पूजा राना, प्रीति राईले नेपाली उमेर टोलीको कप्तानी गरिसकेका छन् । भविष्यलाई हेरेर नयाँ माथि भरोसा गर्न सकिने सम्भावनालाई पनि नकार्न मिल्दैन। साम्बाले भने अहिलेसम्म कुनै स्तरमा कप्तानी गरेकी छैनन्। यिनै सम्भावनाको वरिपरि कप्तानी चुनिन सक्छ ।
अहिले सम्म कप्तानको बारेमा सार्वजनिक नगरिएपनि आइतवार लाओससँगको खेलअघि प्रतीक्षाको घडी समाप्त हुनेछ। रेनुका र एन्जिला बाहेक अन्य खेलाडी जिम्मेवारी दिएको खण्डमा ती महिला टोलीको ११ औं कप्तान हुनेछिन् ।

महिला टोलीले पाएको पहिलो युइएफएले प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिक डे वाइल्डले एसियन कप छनोट सुरु हुने अघिल्लो दिनसम्म पनि कप्तानको नाम सार्वजनिक गरेका छैनन्।
खेलाडीमा नयाँ कप्तान भन्दा पनि एक सयौं खेललाई लिएर उत्सुकता देखिन्छ। साम्बाले उज्वेकिस्तान जानु अघि भनेकी थिइन् भन्छिन्, ‘महिला टोलीको एक सयौं खेल खेल्न पाउनु मेरो लागि गर्वको विषय हो। अहिले टिम उत्साही छ। हामी महिला फुटबलमा सकारात्मक नतिजा दिन चाहन्छौं। तर एक सय खेल महिला टोलीका लागि धेरै होइन, निकै कम हो। मैले अहिलेसम्म ५८ खेल खेलेकी छु। यदि महिला फुटबलमा विकास, लगानी र अन्तर्राष्ट्रिय एक्सपोजर दिने हो भने एक सय होइन, ५ सय खेल खेल्न टोली तयार छ।’
उनै साम्बाको नाममा सर्वाधिक ५७ गोलको कीर्तिमान रहेको छ। महिला टोलीको पहिलो अन्तराष्ट्रिय गोलकर्ता पेमा डोल्मा लामा हुन्। उनले १९९९ को एसियन च्याम्पियनमा उज्वेकिस्तान विरुद्ध गोल गरेकी थिइन्। संयोग अहिले एसियन कपको छनोटका दौरान नेपाली टोली आफ्नो एक सयौं खेल उज्वेकिस्तान भूमिमा खेल्दैछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]