6 months ago
June 29, 2025
सुबास हुमागाईं, फिलाडेल्फिया
ब्राजिलिकै प्रतिद्वन्द्वी बोटाफोगोलाई हराउँदै पाल्मेइरासले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
लिंकन फाइनान्सियल फिल्डमा पाल्मेइरासले १-० को जित दर्ता गर्दै अमेरिकाको सुखद यात्रालाई निरन्तरता दिन सफल रह्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको खेलमा पाउलिन्होले गरेको गोल नै निर्णायक सावित भयो ।
निर्धारित समयको दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेका पाउलिन्होले १ सयौं मिनेटमा गोल गरेका थिए । उनले रिकार्डो रियोसको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्दै संयमित फिनिस गरेका थिए ।
अब पाल्मेइरासले क्वाटरफाइनलमा आजै हुने बेन्फिका र चेल्सीको विजेतासँग खेल्नेछ । क्वाटरफाइनल खेल भने जुलाई ४ मा फिलाडेल्फियाकै मैदानमा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]