default_image

6 months ago

June 29, 2025

नेपालको एक सयौं खेलमा प्रशिक्षक प्याट्रिकको डेब्यु

797 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले अहिलेको टोलीले विश्व कप खेल्नेमा ढुक्क रहेको बताएका थिए

नेम्वाङले विदेशी प्रशिक्षक नियुक्त गरिएको र यो पटक नेपालले एसियन कपमा छनोट हुनेमा प्रशिक्षक माथि एन्फाले विश्वास गरेको बताएका थिए ।

एन्फा नेतृत्वको विश्वासका बीच नवनियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले राष्ट्रिय टोलीबाट आज डेब्यु गर्देछन्। डेब्यु खेलमा नै उनलाई उत्कृष्ट नतिजा निकाल्ने दबाब पनि छ।

प्याट्रिक नेपाली फुटबलमा नयाँ नाम होइन। उनी नेपाल सुपर लिग दौरान पहिलो पटक नेपाली फुटबलसँग जोडिएका थिए। उनले काठमाडौ रेजर्सको नेतृत्व उनले गरेका थिए। यसपछि उनले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पाएका छन्।

महिला टोलीले प्रो लाइसेन्स प्रशिक्षक पाएको यो पहिलो पटक हो। तर प्याट्रिकले‌ नेपाली टोलीसँग मात्र तीन साता बिताएका छन्। उनी युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन्। उनीसँग विभिन्न क्लबहरू र उमेर समुहको राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको अनुभव थुप्रै छ।

तर उनले कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो।
त्यसैले उनलाई पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा डेब्यु गर्दै गर्दा उत्कृष्ट नतिजा निकाल्ने दबाब र चुनौती दुवै रहेको छ।

उनले नेपाली टोली र खेलाडी प्रति विश्वास रहेको र टिम भएर खेल्दा नतिजा आउने बताएका छन्। उनले विदेशी लिग खेलेका ४ खेलाडी पनि टिममा रहेकोले टोली मजबुत रहेको बताएका छन्।

नेपालले आज साँझ लाओससँग खेल्दै गर्दा प्रशिक्षकको डेब्यु र नेपालले खेल्ने एक सयौं खेलको संयोग पनि परेको छ। केहि दिन अगाडि उज्वेकिस्तान पुगेको टोलीले तयारी पनि गरेको छ। तर प्रशिक्षक प्याट्रिकले टोलीको कप्तानको जिम्मेवारी भने अझै तोकेका छैनन्।

नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई नेतृत्व दिने वा नयाँलाई जिम्मेवारी दिने आज खेल अघि थाहा हुनेछ ।‌ नेपाल र लाओस पहिलो पटक महिला फुटबलमा भिड्न लागेका हुन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.