6 months ago
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा आज नेपालले पहिलो खेल खेल्दैछ। नेपालले महिला फुटबल पहिलो पटक लाओसको सामना गर्न लागेको हो ।
नेपाली टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्ने मिसनको सुरुवात गर्दैछ। आजको यो खेल नेपालको लागि विशेष पनि रहनेछ। नेपालले एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछ।
नेपाली टोली नयाँ प्रतिद्वन्द्वीसँग खेल्न तयार रहेको प्रशिक्षक प्याट्रिक डि वाइल्डले बताएका छन्। उनले नेपाली टोली चोट मुक्त रहेको भन्दै शारीरिक र मानसिक रुपमा खेल्न तयार रहेको भनेका छन्।
केहि दिन अगाडि उज्वेकिस्तान पुगेर नेपालले प्रशिक्षण गरेको छ। साथै थाइल्याण्डसँगको दुई मैत्रिपूर्ण खेलले पनि नेपालको तयारी तुलनात्मक रुपमा राम्रो भएको छ। बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग नेपालले दुवै खेल हारेको थियो। तर अनुभव र एक्मसपोजरको लागि भने दुई खेल महत्वपूर्ण रह्यो ।
नेपाली टोलीको अर्को मजबुत पक्ष भनेको विदेशी लिग खेलेका ४ खेलाडी हुन्। सावित्रा भण्डारी (साम्बा), पूजा राना, रेखा पौडेल र एन्जिला तुम्बाप्पो सुब्बा विदेशी लिग खेलिरहेका खेलाडी हुन्।
तर नेपालले दशरथ रङ्गशालामा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानलाई १-० ले हराएपछि जित निकाल्न सकेको छैन्। र्यसपछि नेपाल लगातार ४ खेलमा हारेको छ।
समुह एफमा नेपालले लाओससँगै आयोजक उज्वेकिस्तान र श्रीलंकासँग खेल्नेछ। समुह विजेता टोलीले अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको यात्रा तय गर्नेछ।
प्रशिक्षक डि वाइल्डको लागि पनि यो महत्वपूर्ण खेल हो। उनले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकको हैसियतमा डेब्यु गर्दैछन्।
फिफा वरीयतामा नेपाल एक सयौं र लाओस एक सय सातौं स्थानमा रहेका छन्। खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]