default_image

6 months ago

June 29, 2025

अनिता र साम्बाको गोलमा नेपाललाई अग्रता

898 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनपटको पहिलो हाफमा नेपाल लाओस विरुद्ध २-० को लिएको छ।

नेपालको लागि अनिता बस्नेत र सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उज्वेकिस्तानमा जारी खेलमा नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो।

१२औं मिनेटमा अनिताले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो।

एकपक्षीय खेलको ४४ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। अनिताको सटिक क्रसमा साम्बाको हेडरले सही दिशा लियो। ५९ औं खेलमा साम्बाको यो ५८ औं गोल हो।

यो खेलमा साम्बाले कप्तानको जिम्मेवारी निभाएकी छिन्। प्लेइङ इलेभेनमा आज प्रशिक्षक प्याट्रिकले व्यापक परिवर्तन गरेका छन्।

प्लेइङ ११ मा देखिरहने आधा दर्जन खेलाडी आज बेन्चमा छन्। नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा स्थानमा अन्जना राना मगर ले सुरुवाती ११ स्थान बनाइन्।

नेपाली टोलीमा विदेशी लिग खेल्ने ४ खेलाडी मध्ये एन्जिला, रेखा पौडेल र पूजा राना प्लेइङ ११ मा परेनन्। स्टार खेलाडी प्रीति राईसँगै विमला बिक पनि पहिलो हाफमा बेन्चमा नै रहे।

नवनियुक्त प्रशिक्षक प्याट्रिकले तुलनात्मक रूपमा केहि कमजोर प्रतिद्वन्द्वीको कारण टिममा ब्यापक परिवर्तन गरेका हुन सक्छन्।

अथवा यो उनको रणनीति पनि हुन सक्छ। नेपाल वरियतामा एक सयौं र लाओस एक सय सातौं स्थानमा छ। समूह ‘एफ’ मा उज्वेकिस्तान र श्रीलंका पनि छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.