default_image

6 months ago

June 30, 2025

वाल्मीकिलाई भरतपुर मेयर कप उपाधि

2361 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन

वाल्मीकि शिक्षा सदनले दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जितेको छ । आज भएको फाइनलमा डन एकेडेमीलाई हराउँदै वाल्मीकि च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि १-० ले विजयी भयो । उसको जितमा अमृत आचार्यले निर्णायक गोल गरे । उनले दोस्रो हाफको २७ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गोल गरेका हुन्।

वाल्मीकिले ट्रफीसहित ५० र डनले २५ हजार रुपैयाँ प्राप्त गर्यो । गोल गरेका अमृत फाइनल अफ दि म्याच भए । वाल्मीकिका सरोज गुरुङ एलेक्स सर्वाधिक खेलाडी चुनिए र ५ हजार रुपैयाँ प्राप्त गरे ।

वाल्मीकिका विराज जमरकट्टेल उत्कृष्ट गोलकिपर, डनका मनिष दिङ्गल उत्कृष्ट डिफेन्डर, डनकै प्रसन कुँवर उत्कृष्ट मिडफिल्डर, वाल्मीकिका धुर्व भुसाल र डनका सुमन श्रेष्ठ संयुक्त रुपमा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

नकआउटमा ३ गोल गरेका दुर्गा शेषकान्त माविका साईमन तामाङ सर्वाधिक गोलकर्ता रहे । उनीहरुले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित प्रतियोगितामा २४ टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.