6 months ago
July 2, 2025
एजेन्सी – फिफा क्लब विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलको खेलमा जित निकाल्दै बोरुसिया डर्टमुन्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकामा बुधबार विहान सकिएको अन्तिम १६ को खेलमा जर्मन क्लब डर्टमुन्डले मेक्सीकोको क्लब मोन्टेरेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमुन्डको जितमा दुवै गोल सरु गुएरासेले गरेका थिए । मोन्टेरोका लागि भने जर्मन बर्तरामले गोल गरे । सरुले खेलको १४औं र २४औं मिनेटमा गोल गर्दै डर्टमुन्डलाई २-० ले अघि राखेका थिए ।
खेलको ४८औं मिनेटम बर्तरामले गोल गर्दै मोन्टेरेलाई खेलमा फर्काउने प्रयास गरेपनि जित दिलाउन सकेनन् । डर्टमुन्ड २-१ को जितसहित अन्तिम ८ मा पुगेको हो । अब क्वाटरफाइनलमा डर्टमुन्डले रियल मड्रिडसँग खेल्नेछ ।
डर्टमुन्डको जितसँगै क्लब विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा बोरुसिया डर्टमुन्ड, रियल मड्रिड, बायर्न म्युनिख, पीएसजी, अल हिलाल, फ्लुमिनेस, चेल्सी र पाल्मेइरासले स्थान बनाएका छन् ।
अब क्वाटरफाइनलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड, बायर्न म्युनिख र पीएसजी, अल हिलाल र फ्लुमिनेस तथा चेल्सी र पाल्मेइरास खेल्ने छन् । क्लब विश्वकपको फाइनल खेल जुलाई १० मा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]