6 months ago
July 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटको नेपालले दोस्रो खेलमा आज दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग खेल्दैछ। खेल साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ।
उज्वेकिस्तानमा नेपालले सानदार सुरूवात गर्दै लाओसलाई ९-० ले हराएको थियो। आत्मविश्वासी नेपाली टोली श्रीलंका विरूद्ध पनि शतप्रतिशत जितकासाथ छनोटको संभावनालाई मजबुत बनाउन चाहन्छ।
श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो अन्तरमा हारेको थियो। त्यसैले तुलनात्मक रुपमा श्रीलंकालाई सहज प्रतिद्वन्द्वी आक्न सकिन्छ। साथै श्रीलंका विरूद्ध नेपाल अहिलेसम्म अपराजित छ। ८ पटक खेल्दा नेपालले श्रीलंकालाई सबै खेलमा हराएको छ।
फिफा वरियतामा पनि नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सयौं र श्रीलंका १ सय ५९ औं स्थानमा रहेका छन्।
आजको खेलमा पहिलो लक्ष्य नेपालको लागि जित हो भने ठूलो अन्तरको जित पनि जरुरी रहनेछ। किनकी उज्वेकिस्तानले श्रीलंकालाई १० गोलले हराएको छ। यदि उज्वेकिस्तानसँग बराबरी नतिजा आएको खण्डमा गोल अन्तरको महत्व हुनेछ।
पहिलो खेलमा नेपालले गोलको बर्षात गरेको थियो। पहिलो पटक कप्तानको जिम्मेवारीमा रहेकी सावित्रा भण्डारी (साम्बा) ले ४ गोल गर्दा अनिता बस्नेत, अनिता केसी, रश्मिकुमारी घिसिङ र सरु लिम्बुले समान १ गोल गरेका थिए।
सो खेलमा प्रशिक्षक प्याट्रिक डि वाइल्डले कप्तानसँगै प्लेइङ इलेभेनमा नै व्यापक हेरफेर गरेका थिए। उनले गोलकिपर अन्जना राना मगरलाई मौका दिएका थिए। साथै नियमित प्लेइङ इलभेनमा प्रीति राई, रेखा पौडेल, पूजा राना, विमला विक लगातयका खेलाडीलाई बेन्चमा राखेका थिए।
प्याट्रिकको लागि पनि यो दोस्रो खेल हो। दोस्रो खेलमा उनको रणनीति र खेलाडी छनोट सबैका लागि प्रतीक्षाको विषय बनेको छ।
समूह ‘एफ’ मा आयोजना उज्वेकिस्तान ३ अंक सहित गोल अन्तरको कारण शीर्षस्थानमा छ। नेपालसँग पनि समान ३ अंक नै रहेको छ। नेपाल दोस्रो स्थानमा छ। लाओस र श्रीलंका पहिलो खेलमा पराजित भएका थिए।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]