default_image

6 months ago

July 2, 2025

अन्जली र सविनाले थिम्पुबाट भुटान लिग खेल्ने

1223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला यु २० टोलीका पूर्व खेलाडी अञ्जली चन्द र सविना चौधरी भुटानको थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन्।

उनीहरुले थिम्पबाट सन् २०२५ को भुटान महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्। दुवैको सम्झौता २०२५ अक्टोबर सम्मको लागि रहेको बताइएको छ।

थिम्पु अहिले लिगको अंक तालिकामा गोल अन्तरका आधारमा चौथो स्थानमा छ । टोलीले आफ्नो सुरुवाती दुई खेल जितेको छ। अञ्जली मिडफिल्डर र सविना चौधरी डिफेन्डर हुन्।

यो सम्झौता थिम्पु सिटी एफसीका मालिक हिशे छिरिङको अनुरोधमा सम्भव भएको स्वतन्त्र फुटबल एजेन्ट नविन चित्रकारले जनाएका छन्।

‘ नेपाली खेलाडीलाई विदेशी क्लबसँग सम्झौता गराउने यो मेरो लागि पहिलो अवसर हो । उनीहरूको व्यवसायिक यात्रामा साथ दिन पाउँदा गर्व गर्छु,’ चित्रकारले भने,’ अञ्जली र सविनालाई शुभकामना छ । थिम्पुलाई उपाधि जिताउन सकुन् भन्ने कामना छ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.