default_image

5 months ago

July 2, 2025

श्रीलंकाविरुद्ध पहिलो हाफमा साम्बाको ह्याट्रिक

917 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको पहिलो हाफमा नेपालले ४-० को अग्रता बनाएको छ।

कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक पूरा गर्दा गिता रानाले १ गोल गरिन् । उज्वेकिस्तानमा जारी खेलको सुरुवातमा नै नेपालले अग्रता बनायो। अनिता बस्नेतको कर्नरमा गिताको हेडरले सही दिशा लियो।

नेपालले खेलको २० औं मिनेटमा अग्रता दुगुना गर्यो। समिक्षा घिमिरेको क्रसमा श्रीलंकाकी गोलकिपर साकुरा सेबान्डीले पन्च गरेको बल अनिताले साम्बालाई दिइन्। साम्बाले बक्स भित्रबाट गोल गरिन्।

२६ औं मिनेटमा प्रीति राईको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपरले साकुरा सेबान्डीले बचाइन्। यसपछि खेलको ३१ औं मिनेटमा साविता राना मगरको क्रस बारमा लागेर फर्कियो।

खेलको ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रि-किकमा सिधै गोल गरिन्। तर रेफ्रीले गोल दिएनन्। यसपछि ४२ औं मिनेटमा रश्मिकुमारी घिसिङको कट ब्याकमा बक्स भित्रबाट साम्बाको उत्कृष्ट भलि गोलमा परिणत भयो।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। सविताको क्रसमा साम्बाको हेडरले सही दिशा लियो। ६० औं खेलमा साम्बाको त्यो ६४ औं गोल हो।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो अन्तरमा हारेको थियो।

श्रीलंका विरूद्ध नेपाल अहिलेसम्म अपराजित छ। यसअघि ८ पटक खेल्दा नेपालले श्रीलंकालाई सबैमा हताएको इतिहास छ।

फिफा वरियतामा नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सयौं र श्रीलंका १ सय ५९ औं स्थानमा छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.